फरेष्ट गार्ड फिलिप्स तिर्कीको शव मेची नदीको बगरबाट उद्धार

मिरिक: मिरिक महकुमाको तराइ पानीघट्टा फरेष्ट रेञ्ज अफिसमा कार्यरत 50 वर्षीय फरेष्ट गार्ड फिलिप्स तिर्कीको शव मेची नदीको बगरमा (नेपाल क्षेत्रमा) मृत अवस्थामा फेला परेको छ । केही दिन अघि फरेष्ट गार्ड तिर्की लापत्त भएका थिए। पुलिस सुत्र अनुसार तिनको खोजी जारी रहेको थियो। नेपालका स्थानीय नागरिकहरुले खोलाको बगरमा शव देखेपछि सीमा सुरक्षा बललाई खबर गरेको अनि तिनीहरू कै सहयोगमा शव भारत सिमानामा ल्याइयो। शरीरमा युनिफर्म भएको हुनाले तिनलाई चिन्हित गर्न सजिलो भएको बताइएको छ। ड्युटीको समयमा शायद खोलाले बगाको हुनसक्ने पुलिस सुत्रको अनुमान लगाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *