फ्रेन्डसिप क्लबका नाइकेहरूको तेलङ्गना पुलिसद्वारा खोजी शुरू

सिलगढी : सिलगढीमा कल सेन्टरको नाममा फ्रेन्डसिप क्लब चलाएर डेटिङ साइटको माध्यमद्वारा मानिसहरूलाई ठग्ने अवैध धन्दा चलाइरहेको छ। यस घटनामा तेलङ्गाना पुलिसले हिजो 7 जना व्यक्तिलाई पक्राउ गर्यो भने यसको मुख्य आरोपीको खोजी शुरू गरेको छ। तेलङ्गाना पुलिसका एम रविन्दर रेड्डीले बताएअनुसार कल सेन्टरको नाममा डेटिङ साइटको माध्यमद्वारा मानिसहरूलाई ठगेको आरोपमा 7 जनालाई पक्राउ गरिएको छ भने नाइके सन्तु दास, मीनाक्षी दास (माम्पी) र देवाशीष मुखर्जीको खोजी गरिरहेको छ। पुलिसले तिनीहरूको सुराग पाएको बताउँदै आरोपीहरूलाई पुलिस हिरासतमा लिएर फेरि सिलगढीमा लगातार अभियान चलाउने तिनले बताए। स्मरण रहोस्, तेलङ्गाना पुलिसले सिलगढीको मतिगढा तथा भक्तिनगर इलाकामा अभियान चलाएर 7 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका 7 जना मध्ये 2 जना क्रमैले विनोद विजय र मोहम्मद नुरलाई आज अदालतमा पेश गरेर ट्रान्जिट रिमान्डमा लिएको छ भने अन्य 5 जनालाई नोटिस पठाएर हैदराबाद बोलाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *