फ्रन्टलाइन कोरोना वरियर्सलाई लगाइनेछ पहिला भ्याक्सिन, दस हजार डाटाबेस तयार

सिलगढी : दार्जिलिङ जिल्लामा सबैभन्दा पहिला फ्रन्टलाइन कोरोना वरियर्सहरूलाई कोरोनाको टीका लगाइने भएको छ। स्वास्थ्य विभागको निर्देशअनुसार जिल्ला प्रशासनले फ्रन्टलाइन वरियर्सको तालिका तयार गरिएको छ। उक्त फ्रन्टलाइन वरियर्सहरूमा पुलिस, डाक्टर, नर्स र सफाई कर्मीहरूको नाम सामेल गरिएको छ। जिल्ला प्रशासनले यी फ्रन्टलाइन वरियर्सहरूलाई कोरोना भाइरसबाट बचाउनको लागि सबैभन्दा पहिला भ्याक्सिन लगाइने भएको छ।  यसपछि मात्र यी फ्रन्टलाइन वरियर्सहरूले साधारण मानिसहरूसमक्ष भ्याक्सिन पुर्‍याउनेछ। साधारण मानिसहरूलाई उक्त भ्याक्सिन कसरी लगाइन्छ भन्नेबारे तिनीहरूलाई स्वास्थ्य विभागले प्रशिक्षण दिइने भएको छ। हालसम्म मोठ 10 हजार फ्रन्टलाइन वरियर्सको तालिका तयार गरेको जिल्ला प्रशासनका एडीएम सुमन्त सहायले बताए। उक्त तयार गरिएको तालिका भारत सरकारद्वारा बनाएको कोभिड विङ वेबसाइटमा अनलाइनको माध्यमद्वारा पठाइएको बताइएको छ। उक्त भ्याक्सिनलाई जिल्ला प्रशासनले 10 देखि 50 डिग्री सेल्सियसमा राख्ने तयारी गरिरहेको छ भने उक्त भ्याक्सिन सबैभन्दा पहिला उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा आउने तिनले बताए। मेडिकल कलेजबाहेक उक्त भ्याक्सिन अन्य चारवटा ठाउँहरू सिलगढी जिल्ला अस्पताल, महकुमा अस्पताल, ग्रामीण अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र राखिइने तिनले बताए। तिनले बताएअनुसार हालसम्म भ्याक्सिनको लागि स्वास्थ्य विभागको तर्फबाट कुनै गाइड लाइन जारी गरिएको छैन। दिसम्बर महिनाको अन्त अथवा जनवरीको शुरूआतमा उक्त भ्याक्सिन यहाँ आउनसक्ने स्वास्थ्य विभागले अनुमान लगाएको छ। केही भ्याक्सिनको ट्रायल चलिरहेको छ भने चाँडै नै एउटा भ्याक्सिनलाई भारत सरकार र स्वास्थ्य विभागले अनुमति दिने आशा साँचेको छ। तर हालसम्म भ्याक्सिन कहिलेसम्म ल्याइपुर्‍याइने सटीक मिति थाहा नलागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *