फुलबारी-घोषपुकुरको सडकको अवस्था बेहाल, मानिसहरू समस्यामा

राजगञ्ज : फुलबारी-घोषपुकुर बाइपासको पक्का सड़क हाल बेहाल अवस्थामा रहेको छ। उक्त सडकमा ठुल्ठुला खाल्डो भएको कारण वर्षाको पानी जम्ने गरेकोले गर्दा वाहन चालक लगायत उक्त सडक भएर आवतजावत गर्ने मानिसहरूलाई निक्कै असुविधा हुने गर्दछ।  धेरै समयदेखि नै उक्त सडक बेहाल अवस्थामा रहे तापनि सम्बन्धित विभागले कुनै पहल नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। ट्रक चालकहरूको आरोपअनुसार फुलबारीमा टोल ट्याक्स लिए तापनि सड़कको मरम्मती गरिएको छैन। सड़कको अवस्था खराब भएकोले गर्दा आफ्नो ज्यान जोखिममा पारेर बाध्य भएर उक्त सडक भएर आवतजावत गर्न पर्दछ। प्रत्येक वर्ष वर्षाको समयमा उक्त सडकको अवस्था बेहाल हुने गरेकोले गर्दा नै दुर्घटनाहरू हुने गर्दछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *