फाँसीदेवा : फाँसीदेवाको फुलबारी-घोषपुकुर राष्ट्रिय राजमार्ग नजिक एकजना अज्ञात व्यक्ति शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले आज बिहान काशीराम इलाकाको सडक नजिक रहेको एउटा झाडीबाट अज्ञात व्यक्तिको शव देखेपछि घटनाबारे फाँसीदेवा थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।