फुलबारी 1 नम्बर तृणमूल कङ्ग्रेसद्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : फुलबारी 1 नम्बर तृणमूल कङ्ग्रेसको पहलमा आज अम्बिकानगर तृणमूल कार्यालय अघि रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा तृणमूलका महिला कार्यकर्ता तथा अन्यले रक्तदान गरे भने शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ। यस अवसरमा सिलगढी नगरनिगमका प्रशासक गौतम देव, ब्लक सभापति देवाशीष प्रामाणिक, आईएनटीटीयुसी ब्लक सभापति सुकान्त कर, अञ्चल सभापति मोहम्मद आहिद लगायत अन्य तृणमूल नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *