फुलबारी 2 अञ्चल महिला तृणमूलका सदस्यहरूले बाँधिदिए भारत-बङ्ग्लादेश सीमाका जवानहरूलाई राखी

राजगञ्ज : फुलबारी 2 अञ्चल महिला तृणमूल कङ्ग्रेसका सदस्यहरूले आज भारत-बङ्ग्लादेश सिमान्त क्षेत्रमा कार्यरत बीएसएफ-का जवानहरूलाई राखी लगाइदिएर रक्षा बन्धन पर्व पालन गरे। डाबग्राम फुलबारी ब्लकको महिला तृणमूल कङ्ग्रेस सभानेत्री लतिका राय दासले बताएअनुसार बीएसएफका जवानहरूले आफ्नो ज्यान जोखिममा पारेर रातदिन देशको सेवा गरिरहेका छन्।


यसैले प्रत्येक वर्ष झैँ यस वर्ष पनि संगठनको तर्फबाट एउटा कार्यक्रमको माध्यमद्वारा सीमामा कार्यरत बीएसएफका जवानहरूलाई राखी लगाइदिनको साथै मिठाइ खुवाएको तिनले बताइन्। यस अवसरमा तृणमूल महिला कङ्ग्रेस अञ्जल सभानेत्री रिङ्कु मण्डल, कनिका राय, लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *