फुलबारी 2 महिला तृणमूल कङ्ग्रेसद्वारा शिक्षक-शिक्षिकाहरूलाई संवर्द्धना

राजगञ्ज : देशका दोस्रो राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनको 5 सेप्टेम्बर आजकै दिन जन्म भएकोले तिनको सम्मानमा यस दिन शिक्षक दिवस-को रूपमा पालन गरिन्छ। देशभरिमै यता सिलगढीमा पनि आज शिक्षक दिवस पालन गरियो। यसै क्रममा फुलबारी-2 महिला तृणमूल कङ्ग्रेसको तर्फबाट फुलबारी इलाकाका शिक्षक-शिक्षिकाहरूलाई संवर्द्धना जनाइयो। फुलबारी 2 महिला तृणमूल कङ्ग्रेसका रिङ्कू सरकार बर्मनले बताएअनुसार डा. सर्वपल्ली राधा कृष्णनको जन्मदिनको अवसरमा देशभरिमै शिक्षक दिवसको रूपमा पालन गर्ने गरिन्छ। यसैले आज महिला तृणमूल कङ्ग्रेसको तर्फबाट फुलबारी इलाकाका शिक्षक-शिक्षिकाहरूको घर-घरमा गएर तिनीहरूलाई संवर्द्धना जनाएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *