फुलबारी आमाईदिघीमा एम्बुलेन्स र लरी ठोक्किँदा 3 जनाको मृत्यु, 3 जना घाइते

फुलबारी: एम्बुलेन्स र लरी आपस्तमा ठोक्किँदा 3 जनाको मृत्यु भएको छ भने अन्य 3 जना गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना गत अबेर राति सिलगढी संलग्न फुलबारी आमाईदिघी इलाकामा घटेको हो। मर्नेहरूमा बापन घोष, प्रशान्त राय र रितु साहा सामेल छन्। प्राप्त जानकारी अनुसार केही मानिसहरू एम्बुलेन्समा मयनागढीबाट उत्तरबंग मेडिकल कलेज तथा अस्पतालतर्फ गइरहेको समय फुलबारी आमाईदिघी इलाकामा एम्बुलेन्स र ईँटा बोकेको लरी आपस्तमा ठोक्किँदा एम्बुलेन्स चालक सहित 3 जनाको मृत्यु भएको छ भने अन्य 3 जना गम्भीर रूपमा घाइते भएको बताइएको छ। उक्त दुर्घटनापछि घाइतेहरूलाई उद्धार गरेर नजिकैको निजी अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर दुईवटा वाहनलाई आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *