फुलबारी आमबारी क्यानल रोडमा स्कुटी र साइकल ठोक्किँदा 1 जना घाइते

फुलबारी: स्कुटी र साइकल ठोक्किँदा 1 जना व्यक्ति गम्भीर रूपमा घाइते भएको छ। उक्त घटना गत राति फुलबारी आमबारी क्यानल सडकको लक्ष्मीजोत इलाकामा घटेको हो। घाइते व्यक्ति छोटो नावापाडा निवासी गोपालको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एकजना व्यक्ति कामबाट साइकलमा सवार भएर घर फर्किरहेको समय फुलबारी आमबारी क्यानल सडकको लक्ष्मीजोत इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा स्कुटीले साइकललाई धक्का दिँदा साइकलमा सवार व्यक्ति गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरू लगायत क्यानल रोड ट्राफिक आउटपोस्टका पुलिसको सहयोगमा घाइते व्यक्तिलाई उद्धार गरेर फुलबारीको एउटा अस्पतालमा पठाएको छ। अर्कोतिर, न्यु जलपाईगढी थाना पुलिसले दुर्घटनाग्रस्त स्कुटी र साइकल आफ्नो नियन्त्रणमा लिएर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *