फुलबारी आमबारीको क्यानल रोडमा तीनवटा वाहन ठोक्किँदा 6 महिनाको शिशु घाइते

राजगञ्ज : फुलबारी आमबारीको क्यानल रोडमा तीनवटा वाहन ठोक्किँदा 6 महिनाको शिशु घाइते भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान एउटा चार चक्के वाहन फुलबारीतर्फ गइरहेको समय आमबारीबाट आइरहेको सानो वाहनसित ठोक्किँनको साथै सिलेन्डर बोकेको एउटा पिकअप भ्यानसित पनि ठोक्किँयो। घटनामा वाहनमा सवार मानिसहरूलाई सामान्य चोट लागे तापनि 6 महिनाको शिशु घाइते भएपछि फुलबारीको एउटा गैर सरकारी अस्पतालमा उक्त शिशुलाई भर्ना गरिएको बताइएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *