फुलबारीबाट 3 जना दुष्कृति पक्राउ

सिलगढी  : एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर 3 जना दुष्कृतिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा नतुनबस्ती निवासी राजु सरकार र जाहिदुल अलि अनि कावाखाली निवासी तापस रायको रूपमा चिन्हित गरिएको छ। घटनाक्रमअनुसार आज भुकभुके उज्यालोमा  फुलबारीको भालोबासा मोडमा एक दल दुष्कृतिहरू डकैती गर्ने उद्देश्य लिएर एकत्रित भएको खबर पाएपछि एनजेपी थाना पुलिसले उक्त इलाकामा अभियान चलाएर 3 जनालाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका 3 जना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *