फुलबारी बटालियन मोडमा बाइकको धक्काले किशोरी घाइते

राजगञ्ज : सिलगढी संलग्न फुलबारी बटालियन मोड इलाकामा बाइकको धक्का लागेर एउटी किशोरी घाइते भएकी छन्। घाइते किशोरी 13 वर्षीय पुजा सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान पुजा सरकार साइकलमा सवार भएर फुलबारीको बटालियन मोडमा सडक पार गरिरहेको समय जटियाकालीतर्फबाट आइरहेको एउटा बाइकले तिनको साइकललाई धक्का दिँदा तिनी घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा उक्त किशोरीलाई उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर फुलबारी ट्राफिक आउटपोस्ट पुलिस र न्यु जलपाईगढी पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.