फुलबारीबाट निखोज वाहन चालक पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले फुलबारीमा अभियान चलाएर गत सोमबार राति 12 वटा गाई-गोरूसहित खलासी मोहम्मद जब्बारलाई पक्राउ गरेको थियो भने वाहन चालकले सुइँकुच्चा ठोकेको थियो। जाँचमा जुटेका एनजेपी थाना पुलिसले फुलबारी इलाकामा हिजो राति अभियान चलाएर निखोज वाहन चालक एमडी खालेकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। स्मरण रहोस्, गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले गत सोमबार राति 12 वटा गाई-गोरू, पिकअफ भ्यान लगायत खलासीलाई पक्राउ गरेको थियो भने वाहन चालकले सुइँकुच्चा ठोकेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *