फुलबारी भारत-बङ्ग्लादेश सिमान्तको सडक जामले गर्दा मानिसहरू समस्यामा

राजगञ्ज : फुलबारी भारत-बङ्ग्लादेश सिमान्तको सडकमा दिनहुँ जाम हुने गरेकोले गर्दा स्थानीय मानिसहरू लगायत उक्त सडक भएर आवत-जावत गर्ने पर्यटकहरूलाई निक्कै समस्या भइरहेको छ। जामको समस्या समाधान गर्न पुलिसले समय-समयमा अभियान चलाए तापनि यसको कुनै फाइदा नभएको बताइएको छ। प्रतिदिन एसियन हाइवे 2-को सडकमा धेरैवटा ट्रकहरू रोकेर राख्ने गर्दछ। पुजा अगावै सिलगढी मेट्रोपलिटन पुलिस र जलपाईमोड ट्राफिक पुलिसले अभियान चलाएर उक्त सडकलाई जाममुक्त गराए तापनि हाल स्थिति जस्ताको त्यस्तै रहेको देखिन्छ। स्थानीय मानिसहरूहरूले बताएअनुसार उक्त सडकलाई जाममुक्त गर्नको लागि प्रशासनले समय समयमा पदक्षेप ग्रहण गरे तापनि केही समयपछि स्थिति जस्ताको त्यस्तै रहने गर्दछ। उक्त सडकमा ट्रकहरू रोकेर राखेकोले यो सडक पूर्ण रूपमा पार्किङमा परिणत भइसकेको तिनीहरूले बताए। फुलबारी ट्रक ओनर्स एसोसिएसनका सचिव शुभङ्कर नस्करले बताएअनुसार प्रशासनले यसबारे पहल गरे तापनि स्थिति जस्ताको त्यस्तै हुने गरेकोले यसलाई लिएर के-कस्तो पहल गर्नुपर्ने थाहा छैन। चाँडै यसको समाधान गरिदिने प्रशासनसमक्ष तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *