फुलबारी ब्यारेजमा डुबेका व्यक्तिको तीन दिनपछि शव उद्धार

राजगञ्ज: फुलबारी ब्यारेजमा डुबेका एकजना व्यक्तिको शव तीन दिनपछि आज उद्धार गरिएको छ। फाँसीदेवा ब्लकको लालदास सीमा इलाकाबाट आज बिहान सिलगढी डीएस कोलोनीका 45 वर्षीय दिलिप दासको शव उद्धार गरेको छ। स्मरण रहोस, गत बुधबारको दिन तिनी फुलबारी ब्यारेजमा माछा मार्नको लागि गएका थिए अनि त्यस समय नदीले बगाएर तिनी निखोज भएका थिए। नदी किनारबाट तिनको जुत्ता र साइकल भेट्टाइएको थियो। फाँसीदेवा थानाको पहलमा आपदा प्रबन्धन टीमका सदस्यहरूले तिनको खोजी गरे तापनि नभेट्टाइपछि अन्तमा आज बिहान तीन दिनपछि भारत-बङ्गलादेशको सिमान्त लालदास इलाकाको नदीबाट शव उद्धार गरिएको पुलिस सूत्रले जनाएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *