फुलबारी ब्यारेजमा डुबेर व्यक्ति निखोज, खोजी अभियान जारी

राजगञ्ज : विश्वकर्मा भगवानको प्रतिमा विसर्जन गर्न गएका एकजना व्यक्ति फुलबारी महानन्दा ब्यारेजमा डुबेर निखोज भएपछि हालसम्म तिनको कुनै पत्तो लागेको छैन। निखोज व्यक्ति सिलगढीको 18 नम्बर वार्डको बाग्राकोर्ट निवासी चुनचुन सहानीको रूपमा चिन्हित गरिएको छ। आज बिहानैदेखि डिजास्टर म्यानेजमेन्ट ग्रुपले उक्त व्यक्तिको खोजी शुरू गरेको छ भने फाँसीदेवा पुलिस पनि घटनास्थलमा तैनाथ रहेको छ। स्मरण रहोस्, हिजो साँझ सिलगढीबाट एउटा दल फुलबारी महानन्दा ब्यारेजमा विश्वकर्मा भगवानको प्रतिमा विसर्जन गर्न गएको थियो। विसर्जनपछि तिनीहरूले त्यहाँ वनभोज खेलिरहेको समय नदीमा नुहाउन जाँदा चुनचुन साहनी नदीमा डुबेर निखोज भएका थिए। घटनाको एक दिन बितिसक्दा पनि उक्त व्यक्तिको हालसम्म कुनै पत्तो नलागेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.