फुलबारी ब्यारेजमा माछा मार्न गएका व्यक्ति नदीमा डुबेपछि निखोज

राजगञ्ज : फुलबारी ब्यारेजमा माछा मार्न गएका एकजना व्यक्तिको पानीमा डुबेर निखोज भएको घटना प्रकाशमा आएको छ। तिनको खोजी शुरू गरे तापनि हालसम्म तिनी निखोज रहेको बताइएको छ। निखोज व्यक्ति एनजेपी इलाकाको डीएस कोलनी निवासी 45 वर्षीय दिलीप दासको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार प्रतिदिन झैँ हिजो बिहान दिलीप दास बल्छी लिएर फुलबारी ब्यारेजको महानन्दा नदीमा माछा मार्न गएका थिए। यसपछि अपरान्ह 4 बजी नदीको बिचमा रहेको ढुङ्गाको स्तुपमा जाँदा नदीमा डुबेर उक्त व्यक्ति निखोज भएको बताइएको छ। तिनी पानीमा डुबेको धेरैजना मानिसहरूले देखे तापनि पानीको स्तर बेसी भएकोले कसैले पनि तिनलाई बचाउने सहास जुटाउन सकेनन्। यसपछि आज बिहान परिवारका सदस्यहरू तिनको खोजी गर्न फुलबारी ब्यारेजमा पुगे। परिवारका सदस्यहरूले घटनाबारे फाँसीदेवा थाना पुलिसलाई अवगत गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *