फुलबारी ब्यारेज संलग्न मन्दिरमा चोरी

फुलबारी : फुलबारी ब्यारेज संलग्न एउटा मन्दिरमा चोरी भएको छ। गत राति फुलबारीको महानन्दा ब्यारेज संलग्न फाँसीदेवा अन्तर्गत रहमुजोत इलाकाको पातालपुरी घोगाश्रम मन्दिरमा चोरी भएको छ। आज बिहान मन्दिरका पुरोहित पुजा गर्न आइपुग्दा मन्दिर भित्र सबै समानहरू यताउता छरपस्ट रहेको, काँसाको भाँडा, मन्दिरको घन्टी लगायत पुजाको अन्य समानहरू चोरी भएको थाहा पाए।  यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *