फुलबारी चुनाभाटीको मोबाइल दोकानमा चोरी

राजगञ्ज : फुलबारी 2 ग्राम पञ्चायतको उत्तरकन्या संलग्न चुनाभाटी इलाकास्थित एउटा मोबाइल दोकानमा चोरीको घटना घटेको छ। घटनाक्रमअनुसार केही दुष्कितहरूले फुलबारीस्थित एउटा मोबाइल दोकानको पछिल्तिरको देवाल भत्काएर नगद केही हजार रुपियाँसहित केही मोबाइलहरू चोरेर चम्पट कसेको बताइएको छ। दोकान मालिकले दिएको जानकारीअनुसार सदा हिजो राति दोकान बन्द गरेर तिनी घर गए। यसपछि आज बिहान दोकान खोल्दा दोकानभित्र सबै सर-समानहरू छरपस्ट अवस्थामा रहेको साथै दोकानको पछिल्तिरको देवाल पनि भत्केको देखेपछि आफ्नो दोकानमा चोरी भएको थाहा पाए। तिनले चोरीको घटनाबारे न्यु जलपाईगढी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *