फुलबारी गठमाबारीको एउटा घरमा चोरी

राजगञ्ज : फुलबारी 2 ग्राम पञ्चायत अन्तर्गत गठमाबारीको एउटा घरबाट लाख रुपियाँको सुनको गरगहना चोरी भएको छ। प्राप्त जानकारीअनुसार फुलबारी 2 ग्राम पञ्चायत अन्तर्गत गठमाबारी निवासी सुकुमार राय हिजो सपरिवार ससुराको श्राद्धमा गएको समय घरमा कोही नरहेको फाइदा उठाएर केही दुष्कृतिहरूले तिनको घरबाट लाख रुपियाँको सुनको गरगहना चोरी गरेर लगेको बताइएको छ। आज बिहान सुकुमार घर फर्किआउँदा घरमा चोरी भएको बारे थाहा पाएपछि घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। घर मालिक सुकुमार रायले बताएअनुसार घरको आलमारीबाट लगभग लाख रुपियाँको सुनको बहुमूल्य गर-गहना चोरी भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *