फूलबारी-घोषपुकुर बाईपास सडकमा दुई वटा लरी ठोक्किँदा 3 जना घाइते

सिलगढी, 26 नोभेम्बर (निसं): फूलबारी-घोषपुकुर बाईपास सडकमा दुई वटा लरी आपस्तमा ठोक्किँदा 3 जना घाइते भएका छन्। यो घटना सोमबार राति फाँसीदेवा क्षेत्रमा गुवाबारी नजिक घटेको हो।
प्राप्त जानकारी अनुसार, गत राति दुई वटा लरी ठोक्किएको थाहा पाएपछि स्थानीय मानिसहरू घटनास्थलमा पुगे। उक्त दुर्घटनामा गाडी भित्र नै 3 जना फँसेका थिए। यसपछि यसको सूचना फाँसीदेवा थाना पुलिसलाई दिए अनि घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा लगेर भर्ना गराए। पुलिस घटनास्थलमा पुगेर दुवै लरीलाई आफ्नो नियन्त्रणमा लिएपछि थानामा लिएर गए। पुलिसले यस घटनाको सम्पूर्ण छानबिन गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomcasibomOnwincasibom giriş