फुलबारी हाईवे ट्राफिक आउटपोस्ट-द्वारा ‘उत्सर्ग’ रक्तदान शिविरको आयोजना

राजगञ्ज : फुलबारी हाईवे ट्राफिक आउटपोस्टको तर्फबाट आज उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। रगतको संकट दूर गर्ने उद्देश्य लिएर विभिन्न ठाउँहरूमा झैँ आज सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत फुलबारी हाईवे ट्राफिक आउटपोस्टको पहलमा सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा पुलिस कर्मीहरू लगायत साधारण मानिसहरूले स्वेच्छाले रक्तदान गरे। उक्त शिविरमा संग्रह गरिएको रगत सिलगढी ब्लड ब्याङ्कमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *