फुलबारीका जमिनदाताहरूलाई क्षतिपूर्ति दिइनुपर्ने मागमा भारतीय राजवंश संगठनको सभा सम्पन्न

राजगञ्ज : पूर्व-पश्चिम हाईवेका जमिनदाताहरूलाई क्षतिपूर्ति दिइनुपर्ने मागमा भारतीय राजवंशी संगठनले फुलबारीको पथेरसाथीमा आज एउटा सभाको आयोजना गर्यो। जमिन विवादले गर्दा केही ठाउँमा राजमार्गको निर्माण कार्य ठप्प बनेको छ। धुपगढी र मैनागढी इलाकाको जमिन विवादको मामिलाको समाधान भए तापनि राजगञ्जको फुलबारी इलाकाको जमिन विवादको मामिला अदालतमा चलिरहेको छ। यसैले गर्दा जटियाकाली मोडबाट फुलबारी ब्यारेजसम्म लगभग 3 किलोमिटर सडकको निर्माण कार्य रोकिएको छ। भारतीय राजवंशी संगठनका सभापति रमेश बर्मनले भने, पूर्व-पश्चिम हाईवेको निर्माणको लागि जमिनदाताहरूले हालसम्म क्षतिपूर्ति पाएका छैनन्। राजगञ्जको फुलबारी इलाकाका क्षतिग्रस्त परिवारको संख्या बेसी रहेकोले चाँडै ती परिवारलाई क्षतिपूर्तिको व्यवस्था नगरेको खण्डमा वृहत आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *