फुलबारीको बहुतले भवनबाट झरेर श्रमिकको मृत्यु

राजगञ्ज : फुलबारी सुपर मार्केटको बहुतले भवनबाट झरेर एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक 48 वर्षीय मनिकान्त राय पेशाले राजमिस्त्री थिए भने तिनी फुलबारीको गठमाबारी इलाका निवासी हुन्। स्थानीय सूत्रले दिएको जानकारीअनुसार फुलबारी सुपर मार्केटको बहुतले भवनमा हिजो काम गरिरहेको समय अचानक तल झर्दा मनिकान्त राय गम्भीर रूपमा घाइते भएका थिए। यसपछि तिनलाई आशंकाजनक अवस्थामा फुलबारीको एउटा गैर सरकारी नर्सिङ होममा भर्ना गरिएको थियो तर तिनको अवस्थामा सुधार नभएपछि सिलगढीको एउटा नर्सिङ होममा भर्ना गरे तापनि गत राति चिकित्साधीन अवस्थामा तिनको मृत्यु भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *