फुलबारीको क्षतिग्रस्त ‘पथेर साथी’-को निरीक्षण गरे मन्त्री गौतम देवले

सिलगढी : भाजपाको उत्तरकन्या अभियान अवधि गत सोमबार फुलबारीको पथेर साथीमा गरिएको तोडफोड स्थलको आज राज्यका पर्यटन मन्त्री गौतम देवले निरीक्षण गरे। यस अवसरमा तिनले भाजपा कार्यकर्ताहरूद्वारा तोडफोड गरेको फुलबारीस्थित राज्य सरकारको प्रकल्पमा निर्माण गरिएको ‘पथेर साथी’-को विस्तृत रूपमा निरीक्षण गर्नको साथै यसको सम्पूर्ण क्षय-क्षतिबारे जानकारी लिए। यस अवधि तिनले भाजपा कार्यकर्ता तथा समर्थकहरूद्वारा गरिएको उक्त हिंसात्मक कार्यको तीव्र रूपमा निन्दा गरे। स्मरण रहोस्, गत 7 दिसम्बरको दिन भाजपाको उत्तरकन्या अभियानलाई पुलिसले रोकेपछि फुलबारी-तीनबत्ती क्षेत्रमा उतप्तको माहौल सृजना भएको थियो भने उक्त अभियान अवधि भाजपाका एकजना सक्रिय कार्यकर्ताको मृत्यु समेत भएको थियो। यसपछि उक्त घटनालाई लिएर आक्रोशित बनेका भाजपाका कार्यकर्ता तथा समर्थकहरूले फुलबारीस्थित पथेर साथी भवनमा तोडफोड गर्नको साथै त्यहाँ राखिएको एउटा बस र 2 वटा बाइकलाई समेत क्षति पुर्‍याएको थियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *