फुलबारीको चिया दोकानमा आगलागी हुँदा दोकान जलेर खरानी

राजगञ्ज : फुलबारी 2 नम्बर ग्राम पञ्चायतको टिभी सेन्टर इलाकामा रहेको एउटा चिया दोकानमा आगलागी हुँदा लगभग 70 हजार रुपियाँको क्षय क्षति भएको छ। दोकान मालिक शिप्रा दासले बताएअनुसार प्रतिदिन झैँ हिजो राति पनि दोकान बन्द गरेर तिनी घर गएकी थिइन्। आज बिहान दोकानमा आगलागी भएको बारे छिमेकीहरूले आफूलाई खबर दिएपछि तत्कालै दोकानमा गएर हेर्दा दोकानमा रहेको सबै सर-समान जलेर खरानी भएको तिनले बताइन्। उक्त आगलागीमा लगभग 70 हजार रुपियाँको सर-समानको क्षति भएको साथै घटनाबारे पुलिसलाई जानकारी गराएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *