फुलबारीको दवाई दोकानमा 50 हजारको चोरी

राजगञ्ज: सिलगढी संलग्न फुलबारीमा फेरि चोरीको मामिला अघि आएको छ। फुलबारी 2 ग्राम पञ्चायत पुलिस बटालियनको इलाकामा एशियन हाइवे 2-को नजिक रहेको एउटा दवाई दोकानको सटर भत्काएर लगभग 50 हजार रुपियाँको समान चोरी भएको छ। दोकान मालिक सुभाष चन्द्र पाल आज बिहान दोकान खोल्न जाँदा दोकानभित्रको सीसा फुटेको अनि दोकानमा लगाइएको ताला भत्काएको देखेपछि भित्र गएर हेर्दा दोकानमा चोरी भएको थाहा पाए। यसपछि तिनले घटनाबारे एनजेपी थानामा एउटा अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *