फुलबारीको एउटा घरमा चोरी

फुलबारी : फुलबारीको एउटा घरबाट बहूमूल्य सुनको गर-गहना, केही नगद रुपियाँ लगायत घरको कागजपत्र चोरी भएको छ। प्राप्त जानकारी फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला इलाकाको एउटा घरमा चोरी भएको छ। गत दुई दिन अघि उक्त घरका सबै सदस्यहरू सिलगढीमा आफन्तको घरमा गएका थिए। आज घर फर्कि आउँदा घरको ताला भत्केको अवस्थामा देखे। यसपछ घरभित्र पसेर हेर्दा घरमा राखेको सुनको बहुमूल्य गर-गहना, नगद 90 हजार रुपियाँ सहित घरको कागजपत्र चोरी भएको तिनीहरूले थाहा पाए। घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *