फुलबारीको एउटा घरबाट नगद रुपियाँ सहित लाखौँ रुपियाँ सुनको गर-गहना चोरी

फुलबारी : फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतलास्थित एउटा घरबाट लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना चोरी भएको छ। प्राप्त जानकारी अनुसार घर मालिक मिठु साहा गत सोमबार आफ्नो परिवारका सदस्यहरूको साथमा बिहारको बरसाईमा बिहेमा गएका थिए। घरमा कोही नरहेको फाइदा उठाएर चोरले घरबाट लाखौँ रुपियाँको सुनको गर-गहना चोरी गरेर लगेको बताइएको छ। आज बिहान तिनको बाबु घरमा गएर हेर्दा गेट भत्केको अवस्थामा रहेको साथै घरभित्र सर-समानहरू छरपस्ट अवस्थामा देखे। मिठु साहाले बताएअनुसार हिजो परिवारलाई साथमा लिएर बिहे घरमा गएका थियौँ। आज बिहान घरमा चोरी भएकोबारे थाहा पाए। चोरले घरबाट नगद लगभग 80 हजार रुपियाँ लगायत लगभघ 4 लाख रुपियाँको सुनको गर-गहना चोरी गरेर लगेको छ। घटनाबारे एनजेपी थानामा अभियोग दर्ता गरेपछि पुलिसले छानबीन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *