फुलबारीको एउटा घरबाट सडेको अवस्थामा वृद्धको शव उद्धार

फुलबारी : फुलबारी 2 नम्बर ग्राम पञ्चायतको राजीबपाडा इलाकाको एउटा घरबाट एकजना वृद्धको सडेको-गलेको अवस्थामा शव उद्धार गरेको छ। लगभग 60 वर्षीय उक्त मृतक वृद्ध समेश सरकारको रूपमा चिन्हित गरिएको छ। गत 7 महिनादेखि तिनी उक्त इलाकामा बसोबासो गर्दै आइरहेका थिए भने केही दिनदेखि तिनी इलाकामा देखा नपरेको साथै तिनको घरको दैलो पनि बन्द अवस्थामा रहेकोले स्थानीय मानिसहरूले सन्देह लागेर घरको दैलो भत्काएर हेर्दा तिनलाई मरेको अवस्थामा उद्धार गरेको बताइएको छ। 2-3 दिन अघि नै तिनको मृत्यु भएको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *