फुलबारीको एउटा घरमा ग्यास सिलेन्डरमा आगलागी हुँदा भान्साघर जलेर खरानी

फुलबारी (निसं): फुलबारी 1 नम्बर ग्राम पञ्चायतको कामरङ्गागढी इलाकाको एउटा घरमा ग्यास सिलेन्डरमा आगो लागेपछि इलाकामा भागदौड मच्चियो। दिनहुँ झैँ आज बिहान उक्त घरकी महिलाले चिया पकाइरहेको समय अचानक सिलेन्डरमा आगो लाग्दा तिनी चिच्याउँदै भान्साघरबाट बाहिर निस्किन्। हेर्दा हेर्दै आगोले भयानक रूप धारण गर्यो। घटनापछि स्थानीय मानिसहरूले आगो निभाउने प्रयास गर्नको साथै घटनाबारे दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकल कर्मी घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए। तथापि, उक्त घटनामा भान्साघर जलेर खरानी भएको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *