फुलबारीको एउटा रासन दोकानमा चोरी

फुलबारी : फुलबारी पूर्व धनतलाको नतुन बजार इलाकाको एउटा रासन दोकानमा चोरीको घटना घटेको छ। प्राप्त जानकारी अनुसार दोकान मालिकले प्रत्येक दिन झैँ गत राति पनि दोकान बन्द गरेर घर गएका थिए। यसपछि आज बिहान दोकान खोल्न जाँदा दोकानमा लगाइएको ताला भत्केको अवस्था रहेको साथै दोकानभित्र रहेको सबै समानहरू चोरी भएको थाहा पाए। घटनाको खबर पाएर जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *