फुलबारीको एउटा सुन दोकानमा चोरीको प्रयास, इलाकामा पुलिस गस्तीको माग

सिलगढी : फुलबारीको पश्चिम धनतलाको मर्डरमोडमा रहेको एउटा सुन दोकानमा चोरी गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। सुन दोकानका मालिकले बताएअनुसार पश्चिम धनतलाको मर्डरमोडमा रहेको तिनको सुनको दोकानमा हिजो अबेर राति केही दुष्कृतिहरूले सुन दोकानको सटर भत्काएर चोरी गर्ने प्रयास गरे तापनि स्थानीय मानिसहरूले थाहा पाएपछि तिनीहरूले घटनास्थलबाट चम्पट कसेको बताइएको छ। उक्त घटनाले गर्दा व्यवसायी तथा स्थानीय मानिसहरू आतङ्कित बन्दै इलाकामा पुलिस गस्तीको माग गरेका छन्। एनजेपी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *