फुलबारीको जटियाकाली मोडमा विभत्स सडक दुर्घटना, ग्यास ट्याङकरले किच्चाएर स्कुटीमा सवार महिलाको मृत्यु

फुलबारी, 8 अप्रेल: जटियाकाली मोडमा ग्यास ट्याङ्करको चक्कामुनि पसेर एकजना महिलाको विभत्स मृत्यु भएको छ। यो दुर्घटना मंगलवार बिहान सिलगढी-जलपाइगुढी राष्ट्रिय राजमार्ग अन्तर्गत फुलबारीको जटियाकाली मोडमा भएको हो। प्राप्त जानकारी अनुसार, चम्पासरी क्षेत्रबाट स्कुटीमा सवार भएर दुईजना महिला जटियाकालीको एउटा निजी अस्पतालमा आफन्तलाई हेर्न जाँदै थिए। जटियाकाली मोडमा पुगेपछि पछाडिबाट आइरहेको ग्यास बोकेको ट्याङ्करले स्कुटीलाई धक्का दियो अनि यसपछि दुवै जना महिला स्कुटीसहित सडकमा लडे। तीमध्ये एकजना महिला ट्याङ्करको चक्का मुनि पसेपछि किच्चाएर घटनास्थलमा नै तिनको विभत्स मृत्यु भयो। अर्को महिला गम्भीर घाइते भएको छ।
यस घटनाको खबर फैलिनासाथ आक्रोशित जनताले घटनाको विरोधमा सडक अवरुद्ध गरे। यसपछि स्थिति नियन्त्रणमा ल्याउनका लागि एनजेपी थाना पुलिस र फुलबारी हाईवे ट्राफिक पोस्टका पुलिस टोली घटनास्थलमा पुग्यो। स्थितिलाई नियन्त्रणमा ल्याउन पुलिसले लाठीचार्ज समेत गर्न पऱ्यो। पुलिसको हस्तक्षेप पछि अन्तमा, उक्त अवरोध हटाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *