फुलबारीको काली मन्दिरमा चोरी

फुलबारी : फुलबारी महानन्दा ब्यारेज संलग्न काली मन्दिरबाट माताको सुनको गर-गहना, मुकुट लगायत पुजाको समानहरू चोरी भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान मन्दिरका पुजारी मन्दिरमा पुजा गर्न जाँदा मन्दिर भित्र समानहरू छरपस्ट रहेको साथै माताको सुनको जिब्रो, सुनको टीका, चाँदीको मुकुट लगायत पुजाको सर-समानहरू चोरी भएको थाहा पाए। घटनाबारे न्यु जलपाईगढी थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *