फुलबारीको काली मन्दिरबाट चोरी गरिएको सामग्री सहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले फुलबारी बटतला काली मन्दिरबाट चोरी भएको सामग्री सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति गोपाल कर्मकारको रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस्, गत 12 नोभेम्बरमा फुलबारी बटतला काली मन्दिरबाट पुजाको सामग्रीहरू चोरी भएको थियो।


घटनापछि मन्दिर कर्तृपक्षले एनजेपी थानामा एउटा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले हिजो सिलगढी जङ्क्सनको पत्तीकोलनीबाट एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै चोरी गरेको घण्टी, फुलदानी लगायत अन्य सामग्रीहरू पनि उद्धार गरेको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *