फुलबारीको काली मन्दिरबाट माताको बहुमूल्य गर-गहना तथा पुजाको भाँडाकुडा चोरी

राजगञ्ज : उत्तरकन्या संलग्न मायेर इच्छा काली मन्दिरमा चोरीको घटना घटेको छ। प्राप्त जानकारीअनुसार सिलगढी संलग्न फुलबारी 1 नम्बर ग्राम पञ्चायतको कामराङ्गागढी मायेर इच्छा काली मन्दिरमा हिजो अबेर राति केही दुष्कृतिहरूले माताको चाँदीको चुरा, सुनको टीका, नाकमा लगाउने गहना, सुनको चेन र पुजाको भाँडाकुडा चोरी गरेर लगेको बताइएको छ। उक्त मन्दिरबाट लगभग 2 लाख रुपियाँको चोरी भएको मन्दिर कमिटीको तर्फबाट जनाएको छ। मन्दिरका पुरोहित स्वपन चक्रवर्तीले बताएअनुसार आज बिहान मन्दिर खोल्न आउँदा चोरी भएकोबारे थाहा पाए। माताको सुनको गर-गहना लगायत मन्दिरको समानहरूको चोरी भएको तिनले बताए। मन्दिरबाट चोरी भएको सर-समान उद्धार गरिनुपर्ने, आरोपीलाई कठोर सजाय दिइनुपर्ने साथै इलाकामा पुलिसको टहलदारी अझ बढाउने आदिबारे जलपाईगढी थानामा जानकारी गराएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *