फुलबारीको काली मन्दिरमा चोरी

राजगञ्ज : फुलबारी बटतला काली मन्दिरमा गत राति चोरीको घटना घटेको छ। सिलगढी संलग्न फुलबारी मोडको बटतला काली मन्दिर लगभग 60 वर्ष पुरानो हो। आज बिहान मन्दिरका पुजारी मन्दिरको मुख्य गेट र ग्रिलको ताला भत्केको देखे। घटनाको खबर पाएर मन्दिर कमिटीका सदस्यहरू घटनास्थलमा पुगेर हेर्दा मन्दिरमा रहेको 40 केजी ओजनको दुईवटा काँसको घण्टी लगायत मन्दिरको सर-सामग्रीहरू चोरी भएको थाहा पाए। चोरी भएको सामग्रीहरूको मूल्य लगभग 70 हजार रुपियाँ रहेको तिनीहरूले बताए। स्मरण रहोस्, केही दिन अघि इलाकाको कामराङ्गागढी मायेर इच्छा काली मन्दिरमा पनि चोरी भएको थियो। यसबाहेक उक्त इलाकामा प्रायःजसो चोरीको घटनाहरू हुने गरेकोले इलाकामा पुलिसको टहलदारी बढाउनुपर्ने मन्दिर कमिटीका सदस्यहरूले माग गरेका छन्। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिसले मन्दिरमा जडान गरिएको सीसीटीभी क्यामाराको सहायतामा घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *