फुलबारीको नयाँ दमकल केन्द्रको भोलि मुख्यमन्त्रीले उद्घाटन गर्ने

सिलगढी : राज्य सरकारको पहलमा फुलबारीमा दमकल केन्द्रको उद्घाटन गरिने भएको छ। फुलबारी 1 नम्बर ग्राम पञ्चायत इलाकामा टी पार्क नजिक राज्य सरकारको पहलमा उक्त दमकल केन्द्रको उद्घाटन गरिने भएको छ। धेरै समय अघिदेखि फुलबारी 1 र फुलबारी 2 नम्बर ग्राम पञ्चायत इलाकाका निवासीहरूले इलाकामा एउटा दमकल केन्द्रको माग गर्दै आइरहेका थिए। केही दिन अघि डाबग्राम 1 एवम् र 2 नम्बर ग्राम पञ्चायत इलाकाको मानिसहरूलाई ध्यानमा राखेर राज्य सरकारले सालुगढामा एउटा दमकल केन्द्र स्थापित गरेको थियो।   यसपल्ट फुलबारी 1 र फुलबारी 2 नम्बर ग्राम पञ्चायत इलाकाका मानिसहरूको सपना पुरा भएको छ। भोलि मुख्यमन्त्री ममता ब्यानर्जीले जलपाईगढीबाट उक्त दमकल केन्द्रको उद्घाटन गर्ने भएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *