फुलबारीको पश्चिम धनतलामा विद्युत परिसेवा बेहाल रहेकोले गाउँलेहरूद्वारा विद्युत विभागअघि विक्षोभ प्रदर्शन

फुलबारी : फुलबारीको पश्चिम धनतला इलाकामा बेहाल विद्युत परिसेवाले गर्दा स्थानीय मानिसहरू समस्यामा परेका छन्। यसैले आज स्थानीय मानिसहरूले फुलबारी विद्युत विभाग अघि विक्षोभ प्रदर्शन गरे। गत 2 महिनादेखि फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला प्रधान बस्ती इलाकामा विद्युत परिसेवा बेहाल अवस्थामा रहेकोले गर्दा हाल गर्मीको समयमा स्थानीय मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। प्रदर्शनकारीहरूको आरोप अनुसार गाउँमा जडान गरिएको ट्रान्सफर्मर दिनहुँ खराब हुने गरेकोले गर्दा इलाकामा बिजुली सेवा बाधित हुने गर्दछ। यसले गर्दा स्थानीय मानिसहरूलाई गर्मीको समयमा धेरै असुविधा हुने गर्दछ। यसभन्दा अघि पनि धेरैपल्ट विद्युत विभागलाई आवेदन गरे तापनि कुनै पहल गरेको छैन। गत राति ट्रान्सफर्मरमा आगो लागेपछि इलाकामा विद्युत परिसेवा ठप्प बनेको छ। नयाँ ट्रान्सफर्मर जडान गरिनुपर्ने तथा विद्युत परिसेवा सुचारू गर्ने माग गर्दै आज स्थानीय मानिसहरूले विक्षोभ प्रदर्शन गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibombetbey girişsonbahis girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişporno izledeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes