फुलबारीको पश्चिम धनतलामा धेरैजसो घरहरू जलमग्न

राजगञ्ज : लगातार परिरहेको पानीले गर्दा फुलबारीको पश्चिम धनतलामा धेरैवटा घर जलमग्न भएकोले केही परिवारले समस्याको सामना गर्न परिरहेको छ।  राजगञ्जको फुलबारी 2 ग्राम पञ्चायतको पश्चिम धनतला इलाकामा पक्का सड़क नरहेको साथै इलाकामा जल निकासी व्यवस्था नरहेकोले गर्दा वर्षाको समयमा मानिसहरूको घरमा पानी पस्ने गरेको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार इलाकामा जल निकासी व्यवस्था नरहेकोले गर्दा वर्षाको समयमा यहाँको घरहरूमा पानी पस्ने गरेको, वर्षाले गर्दा सड़कमा हिलो हुने गरेकोले मानसिहरूले निक्कै समस्या भोग्न परिरहेको छ। यस सम्बन्धमा स्थानीय पञ्चायत सदस्य सोमा दासले ग्राम प्रधानलाई यसबारे जानकारी गराइसकेको साथै चाँडै यसको समाधान हुने कुरामा आफू आशावादी रहेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *