फुलबारीको पथेर साथीमा 18-44 उमेरका मानिसहरूलाई कोरोनाको टीकाकरण शुरू

राजगञ्ज : फुलबारीमा 18 देखि 44 वर्षसम्मका विभिन्न पेशामा संलग्न रहेका मानिसहरूलाई कोरोना भ्याक्सिनको पहिलो खोप लगाइयो। आज राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायत प्रबन्धनको सहयोगमा फुलबारीको पथेर साथीमा एउटा शिविरको माध्यमद्वारा मोठ 479 जना मानिसहरूलाई कोरोनाको खोप लगाइयो। ग्राम पञ्चायत प्रधान दिलीप रायले बताएअनुसार फुलबारी 2 नम्बर ग्राम पञ्चायत इलाकाका 18 देखि 44 वर्षसम्मका टोटो चालक, सब्जी र माछावाला लगायत विभिन्न पेशामा संलग्न रहेका मोठ 479 जना मानिसहरूको सूची ब्लक प्रशासनलाई पठाइएको थियो। प्रशासनले तिनीहरूलाई कोभिडशील्डको खोप लगाउने अनुमति दिएपछि आज कोरोनाको पहिलो खोप लगाइएको बताइएको छ। आगामी दिनहरूमा अन्य मानिसहरूलाई पनि कोरोनाको भ्याक्सिन लगाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *