फुलबारीको पोल्ट्री फार्ममा सयौँ कुखुरा मरेपछि फार्मका मालिक चिन्तित

सिलगढी : फुलबारी 1 नम्बर अञ्चलको कामराङ्गागढी इलाकाको एउटा कुखुराको फार्ममा एकपछि अर्को गर्दै 1200 वटा सोनाली कुखुरा मरेपछि पशु चिकित्सकदेखि लिएर पोल्ट्री फार्मका मालिक चिन्तित बन्न पुगेका छन्। प्राप्त जानकारीअनुसार गत दुई वर्षदेखि फुलबारी 1 नम्बर अञ्चलको कामराङ्गागढी इलाका निवासी गौतम पटुआले रुपियाँ ऋणमा लिएर आफ्नै घरमा कुखुराको फार्म खोलेर सोनाली कुखुरा पालिरहेका थिए भने तिनले यसबाट धेरै फाइदा भइरहेको थियो। तर आज दिउँसोसम्म लगभग 1200 वटा कुखुरा मरेपछि लाखौँ रुपियाँको नोक्सान भएकोले कुखुरा व्यवसायी लगायत तिनका परिवारका सदस्यहरू चिन्तित बन्न पुगेका छन्। व्यवसायीको भनाइअनुसार कुखुरा बेचेर तिनले परिवार चलाइरहेका थिए भने यसरी अचानक 1200 वटा कुखुरा मरेपछि आफूहरूलाई धेरै नोक्सान भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *