फुलबारीको सड़क किनारमा भेट्टाइयो प्रयोग गरेको पीपीई किट

राजगञ्ज : फुलबारीमा राष्ट्रिय राजमार्ग किनारमा आज धेरै मात्रामा उपयोग गरेको पीपीई किट फ्याँकेको देखेपछि स्थानीय मानिसहरूमा आतङ्कको माहौल छाएको छ। यसलाई लिएर स्थानीय मानिसहरूले रोष प्रकट गरेका छन्। प्राप्त जानकारीअनुसार सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको मर्डर मोड़ लगायत फुलबारीको विभिन्न ठाउँमा स्थानीय मानिसहरूले आज धेरै मात्रामा प्रयोग गरेको पीपीई किट फ्याँकेको देखेपछि आतङ्कको माहौल छाएको छ। कसले अनि किन उक्त प्रयोग गरेको पीपीई किट यहाँ फ्याँकेको भन्नेबार पुलिसले कार्वाही गर्नुपर्ने तिनीहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *