फुलबारीको उत्तरकन्या नजिक ट्रकले किच्चाएर व्यक्तिको मृत्यु

सिलगढी : फुलबारीको उत्तरकन्या नजिक हिन्दूस्तान मोडमा मर्मान्तिक सडक दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृतक व्यक्ति बापी दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आसिघरको फकदईबारी इलाका निवासी बापी दास आज फुलबारीको उत्तरकन्या नजिक ससुराली गएका थिए। त्यहाँ बाजे ससुराको अन्तिम संस्कार गरेर फर्किरहेको समय सडक पार गर्दा एउटा ट्रकले किच्चाएर घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनापछि एनजेपी थाना पुलिस तथा जलपाईमोड ट्राफिक विभागका कर्मीहरू घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनापछि उक्त इलाकामा उत्तेजनाको माहौल सृष्टि भएपछि परिस्थिति नियन्त्रणमा ल्याउन घटनास्थलमा व्यापक पुलिस वाहिनी पुगेर परिस्थिति नियन्त्रणमा ल्यायो। दुर्घटनापछि उक्त ट्रकलाई पुलिसले नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *