फूलबारीमा घरबाट रूपियाँसहित मोबाइल चोरी

फूलबारी, 31 दिसम्बर (निसं): सिलगढी संलग्न फूलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पूर्व धनतलाको जयनगर कोलोनी इलाकामा एउटा घरमा चोरी भएपछि इलाकामा सनसनी फैलिएको छ।
प्राप्त जानकारी अनुसार गत अबेर राति अमित शीलको घरमा चोरीको घटना घटेको छ। उनको एउटा सानो सेलून छ। त्यहाँबाट जे जति कमाई हुन्छ, त्यसैले तिनको घर परिवार चल्छ। तर गत राति तिनी दोकानबाट आएर रातिको खाना खाएपछि सुतेका थिए। आज बिहान उठेर हेर्दा उनको मोबाइल फोन र केही हजार रुपियाँ चोरी भएको थाहा पाए। यसपछि घटनाको जानकारी न्यू जलपाईगढी थाना पुलिसलाई दिए। पुलिसले घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *