फुलबारीमा 52 केजी गाँजा सहित 2 जना पक्राउ

सिलगढी : फुलबारीमा 52 केजी गाँजा सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरू कुचबिहार निवासी सुनील कुमार र उत्तरप्रदेश निवासी बाबु बर्मन सामेल छन्। गोप्य सूचनाको आधारमा पुलिसले फुलबारीको आमाईदिघी इलाकामा अभियान चलाएर हरियाणा नम्बर भएको एउटा कन्टेनरबाट 52 केजी गाँजा उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त गाँजा कुचबिहारबाट बिहारतर्फ लगिरहेको थियो। पक्रा परेकाहरू धेरै दिन अघिदेखि गाँजा तस्करीमा संलग्न रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *