फुलबारीमा 70 वर्षीय वृद्धाले गरिन् झुन्डिएर आत्महत्या

सिलगढी : सिलगढीको फुलबारी 1 नम्बर ग्राम पञ्चायतको हरिपुर इलाकामा 70 वर्षीय वृद्धा दिपाली भौमिकको अस्वभाविक मृत्युले इलाकामा शोकको लहर छाएको छ। मृतकका परिवारका सदस्यहरूको भनाइअनुसार आज बिहान पुजा गर्नको लागि दिपाली भौमिक घरभित्र पसेर दैलो बन्द गरिन्। यसपछि धेरै समय बितिसक्दा पनि वृद्धाले दैलो नखोल्दा परिवारका सदस्यहरूलाई सन्देह लागेर छिमेकीहरूको सहयोगमा उक्त दैलो भत्काएर भित्र पस्दा झुण्डेको अवस्थामा वृद्धाको मृतदेह उद्धार गरेको बताइएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *