फुलबारीमा आगलागी हुँदा एउटा घर जलेर खरानी

फुलबारी: फुलबारीमा आगलागी हुँदा एउटा घर जलेर खरानी भएको छ। उक्त घटनाले इलाकामा भागदौड मच्चियो। फुलबारी 2 नम्बर ग्राम पञ्चायतको चुनाभटी इलाकामा आज बिहान उक्त घटना घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान फुलबारीको चुनाभटी निवासी मोहम्मद निजामउद्दीनको घरमा आगलागी हुँदा घरमा रहेको सबै सर-समान लगायत केही आवश्यक कागजपत्र पनि जलेर खरानी भएको बताइएको छ। उक्त घरमा आगलागी भएको देखेपछि स्थानीय मानिसहरू घटनास्थलमा पुगेर आगोलाई निभाउने प्रयास गरे। सर्ट सर्किटले गर्दा उक्त आगलागी भएको हुनसक्ने प्राथमिक अनुमान लगाएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *